Skip to main content

Posts

Showing posts from March, 2018

Carrot

The Carrot : Daucus carota = root vegetable, biennial, family Apiaceae, origin: Iran, Afghanisthan (probably) matures in 90 to 120 days contains beta-carotene optimum temperature 16 to 21 °C ideal soil is deep, loose and well-drained, sandy or loamy, pH of 6.3 to 6.8.

. . . . .

आज बाँचेर हेरेको, मरेको भए कसरी हेर्दो हुँ! हँ! गिटारमा झङझङ र झ्या्याङझ्याङमा, गित गाएर सुनेँ! अहो! म कसरी नगाउँदो हुँ । एेनामा हेरेँ, सम्झेर हेरेँ,  नियालेर म कस्तो देखिंदो हो! हँ!  भोली के चिन्ता छ? आज खिचिक्क खिचिक्क एउटा  फोटो खिच्दामा छु । आज म जिउँदै छु । म मुस्काउन खोजेँ किनभने, नमुस्काउने कारण खोजिँन, र, यहाँ फूलहरु शीत दाँजिन मन लाग्यो! आज सुवासित पुष्प - पुष्ष भएर रहूँ झैँ लाग्यो! र, कवितामा म आज आएँ! अहो, आज म कसरी जिन्दा भएँ । म हिजो ढुङ्गा झैँ लम्पसार, पानीमा तैरिएको मृत डुङ्गा झैँ पो थिएँ । आज बाँचेँ बाँचेँ रहेँ रहेँ झैँ भएको छ । अहो! भगवान् त म भित्रै लुकेको रहेछ । मर्छु भनेर फ्यानमा पासो के लगाएँ । हँ! मृत्यु पछि के चाँइ छ भनेर सोधेँ । र, सोचिदिएँ कि जीवन नै ठीकै छ । मरेपछि कसले सेहार्छ मृत शरीरलाई! अहो! म मन्दिर हुँ! भगमान् कहाँ भाग्ला? आज बाँचेर यसो डुलेर आएँ, मनमा कसैकालागि प्रेम सजाएँ थिएँ सजाय होइन भनेर प्रेम सोचेँ र! हो आज बाँच्ने दुस्साहस गरेँ, र, बाँचेँ म बाँचेँ,  म बाँचेँ, जिउँदो - भएर बाँचेँ, मर्नै छ त, छिटो कि

...

अनि हिजोआज ब्लग लेखम्ला भन्दाभन्दै महिना गइसकेछ । अनिकि! यो बल्गलाई चिटिक्कि रङसङले पोतेर घर रङ्गाए झैँ रङ्गाउन यो कोडिङ, Css के जाति, अलिक अझै जानिया छैन । हे । जेहोस्, अनिकि! बडो सम्झेर यो थोत्रो मगजलाई फेरी कोतरेर शब्द निकाली आज एउटा अनुच्छेद लेख्न लगाएँ । रमाएँ । विगतका महिनाहरू ठीकै सँगै बिते । फेरी के सुनेँ भनेँ बेलबेला लेखिरहे! वा जोर्नल लेखिरहे दिमागलाई सन्चो र सुख हुने कुरा बुझ्नमा आयो । जोर्नल नै त होइन, लेख्दा आफ्नो मगजका नेगेटिभ र पोजेटिभ पक्षलाई सँगालेर बल्गमा फिजार्न सके, एक त पाना पनि भरिने र दिमागलाई मेडिटेसन गरी माइन्ड कन्ट्रोल हुने कुरा पनि रहेछ । सोचेँ, ठीकै हो । अनिकि, यो गुगलडनले थाही नदिई बल्ग डिलिट गर्छ रे! तेसो त मेरो मा नगर्ला, हाहा गरे पनि के! भन्नलाई अरु केही पनि छैन । ठीकै छ!!! :) अरु भन्दै, सुनाउँदैँ गरम्ला!! हल्का! गिटार नि सिक्दै होन्त! 😇

RECENTS

Recent Posts Widget