Skip to main content

Posts

Showing posts from June, 2020

#Wishes

मोबाइल डिब्बामा सबैको सधेैँ यति नै धेेरै balance होस्। बोल्नलाई सधैँ नजिकका सीत बात भइरहोस्।  मुस्कान, पोष्टिएका फोटोमा मात्र होइन, साँच्चिकै एक्लै हुँदा पनि छाएको होस्।   समय सधैँ सबैको मिलेको होस्। मनमा गुनासा नहुन् र पश्चताप् शुुन्य होस्। मन सुगन्धित होस् र धिपधिप दिप झेैँ बोलोस्। मनमा संगीतको धुुन बजोस्; बेथोभन बजोस् या बिबर। मन सधैँ हर्षले गाओस्। ~खुसी हुन कारणहरू खोजि भइरहोस्। भाका हाल्दै नाच्नु!🎵🎵 #wishes 

LEARN STAT: NORMAL DISTRIBUTION

कल्पना गरौँ, सन्सारका सबै मानिसका उचाइ नापेर हामीले सकायौँ। ती सबैका मापना हामीले हेर्यौँ भने : अग्ला उचाइ केहीका मात्र,  होचा उचाइ केहीका मात्र  धेरै का उचाइ एउटै,  सामान्यतया सोही नजिकका अंक वरपर एकत्रित भएको देखिने छन्।  सम्भावनाको सिद्धान्तमा, हामी यस प्रकृिया वा नतिजालाई Normal Distribution (वा Gaussian, Gauss, Laplace-Gauss distribution) जस्ता नामले चिन्दछौँ। यो भुँडी निक्लिएको वा पहाड आकारको वा घन्टी आकारको (Bell Shaped Curve) कर्ब लाई नै हामी Normal Distribution भन्दछौँ। यसमा μ ले mean लाई जनाउँछ भने σ ले Standard Deviation. कुनै पनि अंक आफैमा कति टाढा छ भन्ने कुरालाई नै यसले बताउने हो।                 ६८% प्रतिशत संख्या १ standard deviation भित्र, क्रमश: ९५% प्रतिशत संख्या २ standard deviation भित्र पर्ने कुरा यसबाट थाहा हुन्छ। यसलाई नै आधार मानी अनुसन्धानमा पनि प्रयोग गरिन्छ। Central Limit Theorem पनि  यसैमा आधारित छ, धेरै भन्दा धेरै संकलन गरिएका स्याम्पलहरु नर्मल डिस्ट्रिब्युसन पछ्याउँछन्। थप अध्ययन: https://en.m.wikipedia.org/wiki/Normal_distribution https://www.mathsisfun.

LEARN STAT: T-TEST EXPLAINED

स्टुडेन्ट टी. परिक्षण यस पोष्टमा हामी T-test बुझ्ने  प्रयास गर्नेछौँ। पोष्ट stat. बुझ्ने प्रयास गर्दै गरेका का लागि हो। यो पृर्ण छदैँ छैन। थोरै बहुत प्रयास मात्र हो। आगामी दिनहरुमा यस लेखमा भएका जानकारी अझै परिस्कृत बनाउँदैँ र थपिदैँ लग्ने प्रयत्न गरिनेछ। यसमा उदाहरण समावेश बाँकि नै छन् भने पूर्णतया नेपालीमा नसकिने हुदाँ  English शब्द मिसाई प्रयोग गरिएका छन्। केही कुरा प्रष्ट होस् भन्ने चाहनु हुन्छ भने कमेन्ट गर्न सक्नुहुनेछ र हामी छलफल गर्ने प्रयास गर्नेछौँ। इतिहास: सन् 1908 मा विलियम सिलि गोसेटले (उपनाम Student प्रयोग गरी) यसलाई सबै भन्दा पहिले विकास र अध्ययनमा ल्याएका थिए। उनी बियर (गिनि स ब्रिउरी , डुबलीन आइरल्यान्डमा) उत्पा दन मा  कार्यरत थिए भने उनको चाँसो थोरै नमुना ( Sample) मा काम गर्नुमा रहेको थियो। रमाइलो के थियो भने , उनी कार्यरत कम्पनीले आफुहरु T-test प्रयोग गरी आफ्नो उत्पादन जाँ चिरहेका छन् भन्ने कुरा अरुले थाहा नपाउन् भन्ने थियो।     विलियम सेली गोसेट आधारहरु र समस्याहरु:

LEARN STAT.: DATA TYPES

stat. class: stat पहिल्यै जानेका,  megamind हरलाई यो पोष्ट होइन, हालैका दिनहरमा अलि प्रष्ट हुदै गाकोले:  Data types बारे सेयर गर्न चाहन्छु।  एउटा हुन्छ NOMINAL (नाम भनेर सम्झिने) यसमा नामहरु, मान्छेको नाम, शहरको नाम हुन्छन्। अरको हुन्छ: ORDINAL (order in a mail भनेर सम्झिने) यसमा ranking हुन्छ। जस्तै, कम खुसी, खुसी, धेरै खुसी जस्ता तहगत कुराहरु। माटो भुक्षय भएको डाटामा १ देखि १० सम्म तहगत हिसाबमा स्थान अनुसार धेरै भएका र कम भुक्षय भएकाको डाटा, र बाँकी छन्: NUMERIC ( interval/ratio data types): अं‍क मा लेखिने सबै डाटा यस अन्तर्गत पर्दछन् र  यसमा abstract zero को कुरा आउँछ। यसले डाटा अनुसार तह बताएको पनि हुन सक्छ तर जरुरी हुदैँन् य‍दी ratio का कुरा आउँछ भने, जस्तै पाँच को २ गुणा १०, ३ गुणा ५, २५ हु्न्छ भन्ने गरी डाटा बसेका छन् भने ती ratio हुन्छन्।  interval मा डाटाहरुलाई तुलान्तमक हिसाब बाट ratio का रुपमा अर्थ्याउन सकिन्न्। NUMERIC डाटा लाई  discrete continuous मा बाँड्न सकिन्छ: discrete भन्नाले मात्रै एक value हुने data, जस्तो कक्षामा विद्यार्थीको संख्या, dice को 1 देखि 6 को नतिजा

आइदेऊ ! नेपाली

                                                                                                                                             आइदेऊ नेपाली तिमी आइदेऊ नेपाली तिमी,   कृषिमा पाखुरी लिएर, माटोमा भविष्य खोज्न,    पसिनाको अर्थ बुझेर,   आइदेऊ नेपाली तिमी   कृषिमा भविष्य बनेर, आकाश मुनि, बादलका भुवाहरुसँग मितेरी गाँसेर, उकाली ओराली गर्दै, डाँडा-काँडा र पाखो-बारीमा, जोश फलाउन... आइदेऊ नेपाली नेपालको कृषिमा क्रान्ति लिएर, भर कसैमा परेर हुदैँन, गुनासा अब कसैलाई गरेर हुदैँन, माटोमा बिउ फल्छ ... गुनासा फल्दैन, माटैमा बेर्ना फल्छ ... सामाजिक-सन्जालका गफ फल्दैन, डाहा र अल्छी फल्दैन, त्यसैले आइदेऊ नेपाली कृषिमा साहास लिएर, चुनौती पन्छाउँदै तिमी कर्मको बाटो लिएर, अफ्ठ्यारा जरुर छन्, हरेश नखानु तिमी, विदेशका सपना बोकेर देश नबिर्सनु तिमी, आइदेऊ नेपाली तिमी अठोट लिएर, प्रविधि बोकेर सपना बोकेर ...तिम्रै त खाँचो छ... आइदेऊ नेपाली तिमी कृषिकै बाटो रोजेर...

RECENTS

Recent Posts Widget