कल्पना! कल्पना! कल्पना

म सोच्छु, पागल झैँ सोच्छु । मनमनमा नाना कुरा खेल्छन् । हावाहुरी चले झैँ, कस्तरी सोचिरहन्छु कल्पनाहरू, कहिलेइ नघट्ने घटनाको चित्रित दृश्य, कल्पिएका संवाद, र दिमागमा अनेकौँ सोचहरुको युद्ध चलिरहेको ।

डाहामा मरेर कहिले, कसैको प्रगति!!! आफुले पनि जित्न पाएको हुँदो हुँ भन्ने मनको कल्पना, भ्रम! यहाँ आफैँ सँग अनेक टुक्रा टुक्री अइनाहरू छन् । प्रत्येक बाट आफैँलाई हेर्दामै ठिक्क! फूल बनेर आफु सुवासित बनेको अवास्तविक कल्पना, हावामा हलुका बनेर उडिरहेछु । फेरी, कल्पनाहरू कस्ता? कतै कसैको प्रेमी बन्न पाएँ भन्ने हुँदा रमाएको छु, संवादमा अनेक रमाइला डाइलगहरू स्क्रिप्टेड! कतै कुनै कार्यक्रममा म गाइरहेछु, स्याबासी थापीरहेछु । म एक्लै बोल्छु । क्या! मिठा घटना हुन् । कति मिठा घटना छन् ।

अन्धकारमा, वा मधुर प्रकाशमा म एउटा कलाकार बन्छु र संवाद बोल्छु । म मा अभिनय देखिन्छन् । र, हेर्नेहरू यस एतिहासिक र साहसिक अभिनयमा मलाई हेर्न पाउने अवसरमा छैनन् । म बन्द कोठामा तपस्विको ताज लाएर एक्लै कल्पनाको घिउमा चिउरा चपाइरहेछु । मुखबाट पानी आइरहेछ । आइरहेछ, मगजमा दृश्यहरू । चलचित्र बनिरहेछ । म एक्कासि निर्माता, पनि बनेछु । कलाकार त थिएँ, थिएँ । चेतना भो, एकदम माथि उठेर कल्पिएँ र म दर्शक पनि बनी भ्याएँ । दर्शक ताली पिट्छ । सलाम! अभिनय, क्या अभिनय! सलाम! मेरो प्रिय कलाकार! सलाम!!!

हिजो मात्रै म उनकै कल्पनामा थिएँ । म पनि सोच्छु, सोच्छु र सोचको दीर्घ रुप मेरो आवस्तविक मेरो परिधि भन्दा बाहिरका घटना परिवेश मनमा नचाउनुमै म नाच्छु । म भित्ता देख्दिँन, जीवित चित्रहरू पनि झुन्डिएका छन् । अब म फोटोग्राफर पनि भएँ । म मेरो दिनको, जीवनको कुनै पनि तस्बिर लिन सक्छु र म डाक्टर स्ट्रेन्ज बनी भ्याउँछु । म आफ्नो भूत, भविष्य, वर्तमान सबका सब एक पलमा कल्पिन सक्ने बनि सकेको पो हुन्छु ।

त्यही त, हिजो मात्रै म उनको कल्पनामा थिएँ । सोचेँ कि उनी म वरपर भएकी भए म मुस्कुराउने थिएँ । आफैँलाई झनै असल, सोझो पाउँछु । म काँडा बिनको गुलाफ हुँ, हुँ एकदम कोमल फूल झैँ । म पुरुष हुँ उमेरले अब वयस्कपथमा लम्किरहेको । आफैँलाई अनेकौँ प्रीय शब्दहरूले एक्लै सम्मान गर्न मन लाग्छ । आफ्नै प्रिय छु । म आफ्नै प्रिय छु । र, ठीक छु । यी कल्पनाका डुङ्गा खियाउँदा उनलाई पनि बारबार सम्झिरहेको हुन्छु । कसम्म! अनेकौँ घटनाहरू दृश्यमा । म उनलाई के भन्थेँ होला, उनले के भन्थी होली, उनले के सुनाउँथीँ होली, म यसो भनिदिने थिएँ । र, म आफुलाई अब नाटककार वा स्क्र्पिट राइटर पनि बनेको पाउँछु । वा, वावा! कति खुबी छ म मा, च्याट संसारमा केइ बोल्न र सुनाउन नसक्नुहुने मानव यहाँ के के लेखिरनुभएछ । के लेख्नुहुन्छ---? म प्रेममा पनि छु, उद्घोष आफैँ सीत छ । अरुलाई सुनाउन सक्दिनँ । खास गरि, उनलाई, सुनाउन सक्दिँन ।

नानाथरी भावना, र कल्पना एकीकृत भएर सँगसँगै छन् । अनेकौँ अनेक कल्पनाहरूले मन सिंचित छ । म प्वाँख झैँ हलुका छु । हावा झैँ हल्का । काग झै का' का' कराइरहेको छु । मनमा ठुलो चिच्याहट छ । कतै शान्त पनि छ । म शान्त लाई पनि पछ्याउँदै हुन्छु । उनलाई पनि पछ्याउँछु । तर, खासमा म पागल नै भएको होइन । म यसैको खोज छु । शब्द रसले आफैँलाई सजिन्छु र फूल्छु । म आफ्ना अनेकौँ कल्पना भित्र, मेरो शब्द घर भित्र ओत लागेर तपतप पानीमै पनि भिज्न खोजिरहेछु । तर, कल्पनामा म आफैँलाई समय सापेक्ष त ढालिरहेको छु । मेरो सफलता नामको जहाज यसैमा तइरियोस् कि कुनै घटना, कम्तिमा कुनै घटना त वास्तविक र धेेरै वास्तविक बनेर आओस् । भएर आओस् । आज, म एकदम साधु हुँ । म तपस्यामै छु । म, सोचमा छु, धेरै सोचमा छु ।

बढी पढिएका सामग्रीहरुः

About Me

My photo
Learner, Loves/Learns agronomy, remote sensing, gis, other interests in writing poetry, learning languages, literature, learning the guitar, (+ve person)