. ..................................................

लागेको थियो,
कत्ति न!
हनु-म्यान,
सुपर-म्यानका बाबु र
आइरनम्यानका हजुरबुबा
...बनूँला भनेर!

घाम निलिदिउँला भनेर...
सुमेरु नै बोकूँला भनेर...

बडो जोशले!
हुइकिँदैँ!
यो ब्रह्माण्डलाई पछारुँला भनेर...
यसरी नै जागूँला भनेर...

भन्दै थिएँ!
कता लुक्न पुगेँ? पुगेँ?
नबुझेको पनि होओइन!
यो जिन्दगी पिचिक्क 
लाङ्खुट्टे झैँ थपडीमा मेटिन सक्छ ।
किन नजान्दो हुँ?
उडुँस झैँ नङमा नासिन सक्छु ।

कत्ति न!
सोच्दै थिएँ...
के के? के के?
र पनि छाँड्दिँन...
सोच्न...

लागेको थियो...
र,
लागिरहेछ...
कत्ति कुराहरू...
मनमा अझै
हराइरहेछ...

म खोजिदैँ हुँ?
कि म मेटिदैँ हुँ?

कत्ति न ।
भिडमा नहराउने भनेर
जाग्दै थिएँ ।
बन्न त देव नै बनेर 
उठ्ने थिएँ ।

बडा फसाद परिरहेछ!
म साधारन बनूँ?
कि म चमात्कर बनूँ?
हराइरहूँ?
वा देखीऊँ?
सूर्य जस्तै वा
तारा जस्तो?
म अन्धकार बनूँ?
वा म केही नहोऊँ र
बनिदिऊँ?

बढी पढिएका सामग्रीहरुः

About Me

My photo
Learner, Loves/Learns agronomy, remote sensing, gis, other interests in writing poetry, learning languages, literature, learning the guitar, (+ve person)