कोभिड १९ लकडाउनमा "कृषि गतिविधि" मा पालिकाहरूको भूमिकाको विश्लेषण र समिक्षा

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ लाई विश्व स्वास्थ्य संगठनले ११ मार्चमा महामारीको घोषणा गर्यो। राजनीति, मानव स्वास्थ्य, शिक्षा, अर्थ-बजार, सामाजिक परिवेश, सामान्य जनजीवन र हरेक क्षेत्रमा यसको प्रभाव विश्वभर परि नै रह्यो। नेपालमा पनि लकडाउन महिनाभर कायम रह्यो भने यहाँको मानवीय दैनिक जनजीवन नै अस्तव्यस्त बन्न पुग्यो।

 

समग्रमा, कोभिड १९ ले कृषिमा पनि असर नपारेको भने होइन। सुरुमा, यातायातमा हलचल नहुनाले कृषि सामग्रीमा ढुवानी र कृषि (खाद्य सामग्री) ओसारपसारमा नकारात्मक असर रह्यो। लकडाउनकै कारण, व्यक्तिको आवतजावतमा मुस्किल हुँदा श्रमको कमि, पशुका दाना अभाव र किसानको दैनिकी बाली कटानी र अन्य कार्यहरूमा पनि प्रभाव पारेकै हो। कृषि जन्य उत्पादन (दुग्ध, अण्डा, तरकारी) ले बजार नपाई त्यत्तिकै बस्नुपर्ने एकातिर समाचार सुनिए भने अर्कातिर शहरबजारमा घर सम्म पुर्याइदिने होम डेलिभरीको सुविधा खोजी भएको भन्ने कुरा पनि रहे। कोभिड १९ कै अर्को मुख्य चुनौती खाद्य सुरक्षा सँग पनि जोडियो। खाद्य सामग्रीमा सम्भावित मुल्य वृद्धि, आयात र निर्यात प्रणालीमा लकडाउन कै कारण समस्या उत्पन्न हुँदा खाद्य सुरक्षाको चुनौती देखियो। झन् हाम्रो जस्तो मुलुकमा बाह्य सामग्रीमै परनिर्भर रहेको बजार भएको हुनाले गम्भीर समस्या देखिनु ठुलो कुरा रहेन। सोही हुँदा हुँदै स्थानीय बजारमा पनि लकडाउनकै कारण बाधा खडा पनि भए।

 

पुर्ण लेख शीर्षक परिवर्तन र केही सम्पादन भई यहाँ प्रकाशित छ: < krishitoday >


बढी पढिएका सामग्रीहरुः

About Me

My photo
Learner, Loves/Learns agronomy, remote sensing, gis, other interests in writing poetry, learning languages, literature, learning the guitar, (+ve person)