PUBG, अफिम युद्ध र युवा

हामी सिधै भन्न र कल्पना गर्न सक्दैनौँ। हामी भन्न सक्दैनौँ भविष्य कस्तो हुन्छ, इतिहास कस्तो थियो; केही प्राप्त तथ्तहरु, अवशेषहरु, लेखहरु, उक्ति र कथनहरु, आदि इत्यादि बाट भविष्य र वर्तमान अनुमानित वा अर्थ्याइदैँ गइन्छ। आज यो क्षण कुनै जमाना बनिसक्छ, हामी अचल र अवर्णित तवरले कुनै अवशेष सम्म पनि नभई वा नछाडि समयमा हराउँछौँ। 

भनिहालूँ! यो लेखिरहेको समय टिकटक र पबजीका समय हो, वाइफाई र स्मार्टफोनको समयमा हामी कुनै एक थोप्लो बनेर युगमा बाँचिरहेछौँ। यो शुन्य र बेअर्थ वा भरीएको अर्थपूर्ण -लागोस्-!! यस समयको प्रतिनिधि बनेर आजका तन्नेरी पुस्ता, आज मोबाइलका गेममा हराउँछ। गाँजा र रक्सी छदैँ छन्, युवा मस्तिष्क आजको वर्तमानमा यस समय घन्टौँ यो पबजीमा झुम्दछ। यसले तरङ्ग पैदा गर्छ - यो तपस्या हो - यहाँ युद्ध चल्छ‍। सायदै, धेरै अघिका "हामी" ले कल्पना गरेका हुँदा हुन्, यो समयको "हामी" ले जति आँखाले देखिरहेका यस्ता चमात्कारिक सन्सार। र, फेरी हामीले यो सही, गलत, राम्रो, नराम्रो जस्ता शब्द प्रयोगले असर राख्दैनन्। जो छ! छ र होस्!

युद्ध गर्न कुरुक्षेत्र पुग्नै नपर्ने, यहाँ सबै कृष्ण छन्। पाण्डव र कौरव बन्न हतार रहेन। विश्व युद्ध चल्दछ, सन्सारका सारा मानिस मोबाइलका डिब्बामा झुम्दछन् र पनि सन्सार शितल र शान्त छ। यहाँ युवा "शब्द" फलाक्छ, नारा घन्काउँछ र रमाउँँछ। यहाँ विरोध छैन। यहाँ कुनै घात - प्रतिघात छैन। यहाँ हत्या छ, युद्ध र विध्वंश छ र पनि जीवन छ। विश्व नफेरिएको होइन। रमाइदिन किन फुटबल र क्रिकेट खेल्न पर्या छ? एक गेम भिडे भो मोबाइलमा। किल्स का र लेभल का बात मारे भइहाल्यो। कुनै दिन केटीले, "केटा त पबजि नै नखेल्ने परेछ" भनेर बिहे नै नगर्ने भनिदिने जमाना आए पो हरिविजोग नहोला र? नेपालै हो, यस गेमकै नाममा कोरिया र जापान पुर्याउछु भन्ने कोचिङ सेन्टर खोलिए जस्तै अब यही पबजीकै क्लाँस र कोर्स चलाउने सेन्टर खोलिए भने? 

जमाना -गाई भैँसीलाई सङ्गित मात्र सुनाउने होइनः Augmented Reality हेराएर दुध निकाल्ने- गाईवस्तुका मात्रै होइन माछा सम्म लाई पनि Stress पर्न दिन नहुने नत्र माछा मिठो नहुने कुरा सम्म आइसकेकै हुन्। प्रविधिले फड्को मारिसक्यो, र मार्दै छ। घरमा आजकल टुयुब लाइट पिलिक पिलिक गर्दैन, मान्छेका भुँडी बढे पनि टिभी आजकल स्लिम आइसक्यो, पृथ्वी वरपर कृत्रिम उपग्रह र यान पठाइएको पठाइएकै छ - मोबाइलमा खेल खेल्ने प्रक्रियामा दसौँ गुणा परिवर्तन भइसक्यो। जमाना हरदिन नयाँ बनेको हो या पुरानो बन्दै गइरहेको- बुझ्न मुस्किल छ। क
सैले असन कुनै जमानामा कस्तो र कुनै शताब्दीमा कस्तो होला भन्ने कल्पना गरोस्! तर एकै बार बाँच्न पाउने हामीहरुले  मात्र एक र एउटै मात्र स्थिर लाग्ने समय मात्र महशुस गरिरहे झैँ  लाग्दछ। यो महशुस हामीलाई कति अर्थपुर्ण हुन्छ वा यसमा हामी कति अर्थपूर्ण बनेर सजिन्छौँ भन्ने विषय पनि छ। पबजी यस एकै समयको रङ होः कुनै दिन खुइसक्ला तर अहिले माधकता बनेर युवामा फिजिएको छ।


युवालाई भयंकर हुने गरी ऊ बेला चिनिया र बेलायतको युद्ध नै पर्यो। सामाजिक संरचना खैलबलिने गरी गाँजाले युवालाई झुम्याए। अब अफिमलाई नरोकी भएन भनेर चिन सरकारले प्रतिबन्ध नै लाउनु पर्यो र बेलायत सँग युद्धमा होमिनै पर्यो। अबको जमानामा युद्ध पनि भिन्नै होला-नहोला। यस पबजीलाई आधुनिक गाँजाको उपमा नदिऊँ र? बच्न पर्ने आफैँ हो।


~ JPT वा हावादारी लेख्ने क्रममा...





    

बढी पढिएका सामग्रीहरुः

About Me

My photo
Learner, Loves/Learns agronomy, remote sensing, gis, other interests in writing poetry, learning languages, literature, learning the guitar, (+ve person)