कविता~

जति जान्दै जान्छु, त्यति नजानिने बन्छु,

जति जान्दिँन, त्यति जान्दै म जान्छु।

जति जान्दछु, त्यति बुझ्दै म हुन्छु।

जति बुझ्छु, त्यति बुजिदैँ म हुन्छु।


जति बोल्दिँन, त्यति अर्थिदैँ जान्छु,

जति अर्थिन्छु, झन् चुप म हुन्छु।

जति हेर्दछु, त्यति साँगुरिदैँ म जान्छु,

जति साँगुरिन्छु, तेती उघारिन खोज्छु।


कहीँ हुर्किएँ झैँ लाग्छ,

कतै कलिलै झैँ पाउँछु।

कहीँ मस्तिष्कले वयस्क बताउँछ,

त्यहीँ नजान्दो बनेर उभ्याउँछ।


म जाने झैँ गरी नायक बन्छु,

तर, अभिनयमा कच्चा निस्कन्छु।

कहीँ पुष्प झैँ बनेर सुवास छरुँ,

तहीँ अझै म कोपिला हुन्छु।


बढी पढिएका सामग्रीहरुः

About Me

My photo
Learner, Loves/Learns agronomy, remote sensing, gis, other interests in writing poetry, learning languages, literature, learning the guitar, (+ve person)