के गर्दैछस्? - प्रश्न

के गर्दैछस् भन्नुहोला? म लाजले भनुँला, "केही छैन।" तर प्रश्न यसो आउँदो हो भनेरै म लुकीलुकी हिड्दों हुँ। कसम्म प्रश्न जति सरल होस्, बताउन यति गाह्रो र झन्झन्टिलो हुदों हो भनेर बल्ल जानेँ बाबै!

अहो! कसो कसो गरी भनुँ र नभनुँको बिचमा पिरेम पर्छ भन्ने सुनिन्थ्यो। यो पिरले पनि उसै गरी पिरोल्छ भन्ने अलिक जानकार थिइँन। हो न हो! यसो बाटोको बिचमा भेटिएँ भने प्रश्नको जवाफ दिन नै मलाई सकस पर्दो हो भनेर जानेकै पछिल्ला वर्षमा हो। त्यसैले! म पनि अरुलाई विरलै सोध्छु, "के गर्दैछौ भनेर?" यो त प्रश्न नै होइन के, औपचारिकताको यसो मलम मात्र!

मान्छेको हाँसो पनि नक्कली छ। अब मान्छे नै नक्कली भइसक्यो। कसैलाई सोधुँ, - उत्तर नक्कली। बोल्दा खोज्दा - बोली र लवज नक्कली। र यो "के गर्दै" भन्ने प्रश्न पनि एकदम नक्कली! र प्रश्न नक्कली हँदा जवाफ पनि नक्कली नै निक्लने भो।

अब फेरी व्यक्तिको कमजोरी र आत्मविश्वासको कमी बाट ग्रसित व्यक्तिको मानसिकता भएकाले प्रश्नहरुको जवाफ फर्काउने उत्साहमा ह्रास आएको होला भनी मानसिकशास्त्र बाट कोही व्याख्यान सुनाउन्। वा व्यक्तिको हृदयले एक्लोपन महशुस गरको हुँदा एक्लोपनमा डुबुल्की मार्दैछ भनेर काव्य कोही कोरुन्। कोही त  यस्ता सँग नबोलेकै वेश भनेर घुर्की प्रदर्शनी नै गरुन्। तर जे होस्! यो मेरो आफ्नै सोच र व्यक्तित्वको विकास हो। 

"के गर्देछौ?", भनेर मायालुले सोध्लिन्। म प्यार जरुर देखुँला। ठीक छ।
"के गर्दैछस् बाबु?" भन्दा बाबुआमाको म ममता देख्छु।
"के गर्दैछस्?" भन्ने दाजुको प्रश्नमा दाजुको भाई प्रतिको चिन्ता पाऊँला।

तर जब यही प्रश्न अपर्झट हल्का हल्का चिनेका, धेरै धेरै नचिनेका बाट बडो प्रफुल्लित भएर सिधा म कहाँ आउँछ। यस प्रश्नको उत्तर कत्ति हदसम्म पनि उत्तरित गराइराख्नु पर्ने आवश्यक म देख्तिँन्। यसमा हो, पक्कै अन्य प्रतिको मेरो मानसिकता झ्याङ्गिएको भनेर म पाउँदछु। 

हस् त अहिले लाई यति नै!
-----
बलग खाली भएकाले यत्तिकै लेखेको! ःD

बढी पढिएका सामग्रीहरुः

About Me

My photo
Learner, Loves/Learns agronomy, remote sensing, gis, other interests in writing poetry, learning languages, literature, learning the guitar, (+ve person)