Skip to main content

Posts

Showing posts from September, 2016

मैले के जानेको छु?

(नोट: लेख्ने अभ्यास मात्र हो, पड्न मन लाए पढिदिनु ।) सुकरातले नै भनेको रहेछ, " The only true wisdom is in knowing you know nothing." । कुरो ठ्याक्कै बुझ्दा चाँहि हावादारी पनि हो । यत्रो स्कुल-कलेज-व्याचलर-युनिभर्सिटी रहरले वा करले धाइसकियो । किताब थुप्रो पढिसकियो, विज्ञानमा ठुलो रुचि छ, देशविदेशमा के भइराख्छ, चाँसो राख्छु, अध्ययन तिव्र छ... नजाने अहिलेसम्म कति विषयमा घोत्लिएको छु, अध्ययन जारी छ... केइ जानिएकै छैन भन्नु? तर ज्ञान पूर्ण हुदैँन भन्ने पनि हो अनि अध्ययन गतिलो छैन । यसो सोच्छु, हालसम्म के नै जानिएको हो र? हाल अध्ययन गरिएको विषय सोच्छु, आफैँलाई प्रश्न सोध्छु... जानिएकै जस्तो लाग्दैन । आफ्ना रुचिहरू र मुल विषयहरू भन्दा अन्य रहरका विषयहरू सोच्छु, त्यसमा त प्रखर बनिने कुरै भएन । आफैँलाई केही सोच्न-सोध्न सक्ने, आफ्नो महत्व र आफू हुनुको कुरो बुझिए झैँ लाग्छ अलिकति । आफ्नै ज्ञानमा पूर्णता छैन भन्ने महशुस हुन्छ । अरु के जान्दा होलान् आफ्नो बारेमा... मैले भनेँ मैले धेरै कुरा जानेको छैन र विस्तार जान्दै बुझ्दै जाने, भन्ने कुरामा नै विश्वस्त भइसकेको छु । सोध्नुस्

सबैको प्यारो कसरी बन्ने?

नोट: समय छ भने मात्र पडनुस्, अइलेइ भन्दिन्छु, यो झुर पनि लाग्न सक्ला र नमिल्न नि सक्छ, नपड्दा नि हुन्छ । पडि भ्याएसी तोर्पे लेख्दा रैछस् भन्न पनि पाइ । मेन कुरा त यो लेखिरने मान्छे पनि त्यति लोकप्रिय र सबैको सुप्रिय भने होइन । आफूलाई लागेको कुरा यसो लेख्दिम् न त भन्ने भएर मात्र... सबैको  माझ कसरी प्रिय व्यक्ति बन्ने कुरामा यो आधारित छ ... है :)   सबैको माझ प्रिय कसरी बन्ने भन्ने कुरामा केइ कुरो राखेँ है त... कुरो १ लास्टै कम बोल्नुस्, बोल्नु पर्ने कुरा त बोल्नुस् नि फेरी; थोरै, चाइने, अलिकति मात्र बोल्नुस्, यसो गरे तपाई गम्भीर देखिनुहुनेछ । यो बिल्कुल केइ समयबाट मात्र परिचित अनुहारहरूको माझ लागू गर्नुस् । जति कम बोल्नुहुन्छ, तपाईका कुरो बेठिक भए पनि ध्यान दिई सुनिनेछ । तपाईको स्थान महत्त्वपूर्ण बन्नेछ । याद रहोस् यो हालसालै साथी वा परिचित बनेकाहरूका निम्ति मात्र लागू गर्नुस् ।  कुरो २ भर्खर भेट्नुभएको व्यक्तिहरू सँग भने अलि बोल्न प्रयास गर्नुस् । केई प्रश्न राख्नुहोस्, धेरै कुरामा सहमति जनाउनुस्, केइमा विमति जनाउनुस् तर थप कुरा राख्नुस् । पुरै असमर्थ/बेठीक/हुँदै होइन

यसो ब्लग लेखम् कि भनेर...

आ फ्नै उमेरकाले किताब लेखी भ्याए । कोइ छन्दका विज्ञ बनिसके, कोइ कविका पनि महाकवि बनी भ्याए । केइले युरोप गएर फुटो खिचेर फेसबुकमा हालेका हालेइ । केइ अमरिका पुगेर मोटाएर नचिनिने बनेको पनि हेरियो, त्यै फेसबुक बाट । एक जनाले कुखरो पालन थालेर नमुनै बनिसक्यो । अरूद्वारा गरिएको भनेर मैले अर्थ्याएको प्रगति आफ्नो भने शून्य छ । खै कुन त, अइले सम्मै प्रगति गरिनस्? भन्दा धेर थोर ब्याचलरे हुँ भनेर धक्कु देखाउन सक्छु कि झैँ लाग्छ । आ... होइन प्रगति गरेकै होस् त भन्दा उल्लेख्य चाँइ गर्न सकिन है बाबै! दुनियाँले चिनिदिने जानिदिने यो अनुहार बनी सकेको चाँइ छैन ।    मान्छेको प्रगति यइ पैसो चिजको अजीव शक्तिमै नअल्झिएको भनौँ कसरी? मास्टर्स-पिएचडी इन्द्र र जुनै भष्मे डन वाला ज्ञान पाए पनि भैरवेको भूँडीकै जय! राम्रो जागिर र रूपैँया भन्दा पार लाउन सकिएको देखिएन । अँ, साँची प्रगति त्यसरी नै भनिएको हो, अलि कमाएका र शहर-बजार तिर जग्गा किनि राख्ने र घर ठड्याउनेहरूले नै प्रगति गरेको मानिन्छ । धान उम्रने ठाउँमा बनेको आलिसान बङ्लामा बसेर घरको गमलामा शब्जी लाउने एकै थरी हुदाँ रैचन् के! प्रगति अर्थ्याउने त्यइ देख्या

RECENTS

Recent Posts Widget