Skip to main content

Posts

Showing posts from June, 2017

पोष्ट, प्रेमको

के कुरामा नभुलीकनै बस्नु? बाटामा हेरी, तेर्सिएका धारिला नजरहरू हिडेँको देख्छु । ट्वाल्ल हेर्छु । क्षणभरमै प्रेम, हा हा... अचम्म! प्रेम नभए के? के त? के...? हो, प्रेम नै । गल्ती मेरै चाँइ होइन है । फेरी प्रेम भन्छु, भुलिहाल्छु । फेसबुकमा फोटो अपलोड गरि एउटीले, नराम्री मानूँ त? आ... त्यति विधि नराम्री पनि छैनन् । हैट, कति राम्री । लौ! अनि फेरी प्रेम... टिभिमा देखिने अनुहारमा, बाटामा हिड्ने आफ्नै उमेरकाहरुलाई हेरेर दङ्ग पर्नु पनि भुल्नु होला र? यो त सरासर प्रेम हो । एकदम् प्रेम । हामी केटाहरूको काम नै यही हो । हामी आखाँ डुलाइरहन्छौ, भुलिरहन्छौ, भुलिरहन्छौ... अब, के भन्नुहुन्छ? मैले राम्री ठानेँ, राम्री पनि लाग्यो, राम्री नै सोचेँ । फरक यहीँ छ, जिस्काउनेहरू जिस्काउँछन् ... नानाथरी भन्दा हुन् । तर, मलाई चाँइ झन् सम्मान गर्न मन लाग्छ । कसैलाई केही भनिन्न । "राम्री रहिछिन्" भनेर मन सम्ममा पनि गुन्जाउनु म भित्रैकै विषय हो। बरु, पछि मात्र तिनी वा उनी राम्री रहिछिन् भन्ने उद्घोष हुन्छ, मनैभित्र । मैले भने जस्तो ठाउँका ठाउँका "प्रेम भयो" भन्नुको अर्थ फेरी अर्कै हो यहाँ । मै

यसरी नै अर्को एउटा कुरा...

 बुझ्नहुन्छ, यइ समय नै हो, हेर्नुस्, गाको गै, गाको गै, गाको गै, गाको गै, गाको गै गरेर, गीत गाइदिन्छ ... जिन्दगीकै गीत । अब, हाँस्न नजान्नेहरूलाई हसाउँने, रुन नजान्नेलाई रुवाउने, जीवन-मृत्यु, सबका सब, आँखा अगाडि झल्झल्ती सम्झिन सकिने जस्तै न छ, नी समय । यति छिटो दिन बित्छ, रात, दिन, हप्ता, महिना, वर्ष, सम्झनामा ल्याउँदा समय धेरै अघि निक्लिएको पत्तो था हुन्छ, पछि मात्र...  यसो सोचि ल्याउँदा, समय यन्त्र भइदिए पनि हुनु, समय लाई रोक्न सक्ने पाइन हुँदो हो पनि कति जाति हुँदो हो! बोलीमा चल् भने चल्, बस् भने बस्, यो समय अपरम्पार नै भइदिएको छ, हेर्नुस्...  अँ, के लख्नु? सम्झनामा त्यती भरपुर भएर कल्पिएको भने होइन । यो गएको हप्ताहरू त, यति छिटो बिते, पत्तै भएन । रफ्तारले कुदे झैँ समय कुदेको कुदेइ, कुदेइ ... अझ गर्मी त लास्टै छ, अँ सेकुवा बन्न मात्रै बाँकि । अरू के सुनाउनु...?   अनि, समयसँगै चल्ने त उमेर नै । जिन्दगी, जिन्दगी भनेर नानाथरी गीत, कविता लेख्नेहरू पनि लेख्दाहुन् । कति छिटो वयस्कमा प्रवेश नगर्दै बूढो हुँदो हुँला, भनेर कल्पना गर्न समेत भ्याउँछु म त । कस्तो के? अङग्रेजी फिल्मम

...यत्तिकै, कहिलेकाहीँ

. . कहिलकाँइ ननिदाइ आकाश हेरेछौ भने, यदि देखेछौ टिलपिल टल्किएका ताराहरू भने, गनेर हजार बार, तिमीलाई मन नपराउने मगजहरू भुल्ने अठोट लिनु... अनि सम्झिनु तिमी ---छौ या छैनौ--- पनि ज्ञात नभएका मानिसहरू सोच्नु... . कसम्म हल्का हल्का बनेर ---आफैँ हुनुको मज्जा--- जिउनु, . . कहिलेकाँइ असनका भिडहरूमा हराएछौ भने, यदि देखेनौ मुसुक्क मुस्कुराइरहने आखाँहरू भने, नसोचेरै, हजार बार, . तिमी देखि नहाँस्ने अनुहारहरू नियाली मुस्कुराउने प्रयास गर्नु, अनि सम्झाइदिनु --- बाँचिरहेका छौँ --- भनेर बुझ्न लगाउनु, . कसम्म शुन्य शुन्य बनेर पनि --- बाँच्न सक्ने --- प्रयास गर्नु, . . कहिलेकाँइ, आफैँ एक्लै भएको पायौ भने, यदि पाएनौ, साथमा साथ भन्ने काँधहरू भने, नआत्तिएरै, कयौँ बार, आफैँसँग हराएर बात मार्ने प्रयास गर्नु, अनि बुझिदिनु --- म छु ---- भनेर सोच्न लगाउनु, .  कसम्म ---आफ्नो मिल्ने साथी आफैँ--- बन्ने प्रयास गर्नु । . .

RECENTS

Recent Posts Widget