अझै अझै पनि किन, म सक्दिन किन बोल्नलाई, अझै अझै किन किन, बोलाउन सकिन उनलाई, चुम्न धरती आकाश, वर्षा सधैँ गराउँछ, म ठिटो अझैँ उनी सितै, बोल्नै पनि डराउँछ । प्रित लगाउन भनि, लज्जावति लजाईदिई, म जानिन अझै तर किन लजाई हाँस्नलाई, रोधी बस्न भनि, जुनकीरी उज्यालो बाँड्न आई, म कसरी बात मारुँ, सक्दिन किन बोल्नलाई, सकिन, अझै किन बोल्नलाई, किन मुस्कुराउनलाई, मै सोझो, सोझो सारै, म सकिन बोल्नलाई बोलाउन सकिन उनलाई ।
A learner's blog; posts on agronomy, crops, remote sensing, GIS ~everything as a learning/writing practice, also contains personal opinions/comments, Nepali writings ~blog has no objective of harming anyone—comments/suggestions are cordially welcomed ^ ^