Skip to main content

Posts

Showing posts from November, 2017

...

उनी, को थिइन्? मनमा हलचल हलचल भए भए झैँ गरेर अपुग एक मीठो सपनाबाट ब्युझेँ ब्युझेँ झैँ बनेर उनी मेरो चेत भुलाउने को थिइन्? उनी एक हेराइमा, मलाई बुझाएर अर्को कथाको, मलाई जनाएर अर्कै सन्सारको, चैन हरेर, लग्ने को थिइन्? मन कस्तोकस्तो? कस्तो भएर गो! मन कस्तोकस्तो? बनाइदिने, उनी को थिइन्? मनमा तुफान, ल्याइदिएर, स्मरणमा नबसिकनै लोप भएर जाने को थिइन्? को? अदृश्य भएर गइन्? हराएरै गइन्! उनी को थिइन्? मलाई पत्तो सम्म भएन! हुँदै भएन, उनी को थिइन्, को? मीठो यादमा लुकेर रहनेछिन्! मीठो यादमा सधैँ सधैँ रहनेछिन्! मलाई तर कइलेइ था हुनेछैन! उनी को थिइन्? को थिइन्!

कत्तिकत्ति!

नसुनिएका गीतहरु कत्ति छन्, कत्ती! कति पो छन्, नपढिएका पुस्तकहरू कति पो छन्! नपढिएका नयनहरू कति बाँच्छन् कती म-कवि भनेर बोल्नेहरू कत्ति छन्? कति पो छन्, नघोंकिएका सिद्धान्तहरू, कति, कति मात्र पनि छन्! कत्ती, कत्ति मात्र पनि छन्! नजानिएका विषयहरु, नबुझिएका रहस्यहरू! नबोलिएका बातहरु कति छन् कति! कति पो छन्, नसुनाइएका बहहरु! नपुगिएका ग्रहहरु! कत्ति पो छन् कत्ति! नरचिएका गीत कति सुनिन्नन् कति! म-छु भनेर भुल्नेहरु कति छन्? कति पो छन्? मर्न खोज्नेहरु कति मात्र छन्! कति, कति मात्र पनि होलान्? मन भित्र स्वरहरु ननापिएका मनका उचाइहरु, समुद्रका गहिराइहरू, नमिलेका हिसाबहरू कति छन् कत्ति! कति पो छन्! कत्ति मात्र पो छन् अङ्कहरू! के के मात्र पनि छन्! के के मात्र पनि छैनन्! कति कति मात्र पनि छन्! कति मात्र पनि छैनन्, स्वयंलाई थाहा नभएका विषयहरू! कति कति! बग्न खोज्दै गरेको नदीको कथा! कति कति! मात्र नअर्थ्याइएका मानव इतिहास! कति! नखोजिएका शहरहरू... ... कत्ति छन्? कति? मलाई भनेर बाँच्नेहरु कति छन्? कति पो छन् नघुमेका देशहरु, कति, कति मात्र पनि छन्!

यस्तै!

हाम्रो देश यस्तै हो, लर्नरड्जी यस ठाउँको सभ्यता यस्तै! बात चिल्ला! बात टिलिक्क! हाम्रो सभ्यताले पेट भर्न सिकायो हामीलाई धर्म/शिक्षा/बुझ्न लगायो व्यवहार सिकाएन, हामी स्वार्थी छम् । हामी तेइपनि अबोध छम् । हामी नजानिदों पाराका लोभी, तर, हामी देशका बात मार्छम् । यहाँ बातहरू फल्छन् । अल्छि तिघ्राहरू जिउँछन् । हाम्रो देश, यस्तै हो लर्नर्डजी! यस ठाउँको सभ्यता यस्तै! हाम्रो देशमा सम्भावना होइन, सम्भावनाका बात चल्छन् यहाँ अनेकौँ तर्कहरु झुल्छन् । विकासका नाममा हामीसँग एरिस्ट्टल काजीहरू धेरै जुक्ति छर्छन् । यहाँ विकासको कुरा प्रशस्त छ । यहाँ ५०-६० वर्षको ईतिहास नाटकीय छ । र, अर्थ्याउनेहरू बढी छन्। लर्नरड् जी, यो देश फूलको पनि भयो । यो देश हिउँको पनि भयो । यो देश पानीको पनि भयो । यो देश समथरको पनि भयो। यो देशमा उचाइ पनि भयो । यहाँ सबथोक भयो । यहाँ सबथोक फलिदियो । यहाँ स्याउ फल्यो । यहाँ सुन्तला पनि फल्यो । यहाँ धान पनि फल्यो । यहाँ जे पनि फल्यो । यहाँ अनि सबथोक भयो । यहाँ सबथोक फल्यो । र सबै भन्दा बढी त गफ फल्यो । सबथोक फल्नु नै अभिसाप भयो । सबथोक फल्

Facebook बारे गफ

  चाइनेजो! के भने शीर्षकमा जे लेख्दिए नि विषय नेपाली नै हो, नेपाली कै हुन्, भाषा नेपाली नै, भनेर भन्दिनुस् त नि! अनि के त? जमानै अङग्रेजी कै हो भनेर भनिरहन नपर्ने । अङग्रेजीमै, चाइनेजो! क्यारे अब, पोष्ट तै तै लेख्न परिगो, परिगो । बात, फेसबुकको गर्न लाग्या हुँ भनिदिन मन लायो, चाइनेजो, हिँहिँ, हजुरले पड्दिन पर्यो चाइनेजो!  ग्रहण लागोस्, नलागोस्, घामपानी जे होस्, आँधीतुफान, भुकम्प, ज्वालामुखी, जे आओस् । विश्व र बजार के होस्, होस् । फेसबुक नचलाइकन मान्छे बाँच्नै नसक्ने जमानामा हाम्रो प्रवेश भइसक्यो । के नयाँ कुरा भो? इन्टरनेट छ, स्मार्ट फोन छ, महँगो i फोन छ । जमाना दुनियाँथरी गेजेटमा गइसक्यो । पक्का! तपाईलाई बढी थाहा छ । तर, अजीव अजीव, प्रतेकको उद्देश्य फेसबुक नखोली रहन बाँच्नै नसक्नै स्थिति! यो कस्तो आक्रमण? जीवन अधुरो र अपुरो, फेसबुक विना, तपाईं भन्नुहोला यो, रायोको सागले के कुरा गर्न लाग्या हो, भनेर । ह्या! पहिला त कुरा त सुन्नुस्! भन्दिनुस् त आजकल त फेसबुक चलाउँछन्, चलाउँछन् जो पनि तर, यो घरीघरी फेसबुक दाबी राख्नपर्नी, फेसबुक खोली राख्न पर्नी, हेरी राख्नपर्नी, रोग के आइ लाग्या?

RECENTS

Recent Posts Widget