यही खाल्डोमा बाँच्छु साथी, यही खाल्डोमा, जुनै देश जुनै ब्रह्माण्ड पछ्याउने सोच्छु, सरसर तिम्रा वास्नाहरूको पिछा गर्न पनि त सक्दिँन, यही सन्सारमा जिउँदो देखिएँ, साथी, अब यही सन्सारमा प्राण त्यागूँला! यो सासको के भर? यो शरीरको के भर? म यहीँ मुस्कुराएर बाँच्छु, म यहीँ हाँसेर बाँच्छु । पिंजडाको मान्छे, यहीँ रमाएँ, साथी, कतै कहीँ उड्नु छैन, पुग्नु छैन! म यहीँ ठिक छु, साथी, म यहीँ ठिक छु । म यो खाल्डोमा कति पनि निस्सासिँन्न! यही खाल्डोमा बाँच्छु साथी, यही खाल्डोमा! र, तिम्रा साथ जति खोजे पनि, नभेटूँ! तिम्रा यादहरुमै बाँचुला, म ठीक छु, म ठीकै छु ।
A learner's blog; posts on agronomy, crops, remote sensing, GIS ~everything as a learning/writing practice, also contains personal opinions/comments, Nepali writings ~blog has no objective of harming anyone—comments/suggestions are cordially welcomed ^ ^