Skip to main content

Posts

Showing posts from February, 2019

प्रेमका अनुच्छेद

म प्रेमका कविताहरू लेख्ने भएको थिएँ । मनमा कम्पन लिएर आए झैँ, म एउटा मानिसलाई मन पराउने भएको थिएँ । र, कविताहरू बगेर आउँथेँ । म मन लेख्थेँ । मनमा कसैका लागि म शब्दहरूको सङ्कलन गर्थेँ । लाग्थ्यो, म कसैका निम्ति यत्ति सरल, यत्ति चोखो बन्नेछु । मलाई राम्री लाग्ने मान्छेलाई म फेरी सम्झन्थेँ । र, फेरी समझन्छु । बाटामा हिडँदा उनैलाई देखूँ देखूँ झैँ लाग्थ्यो । यस्तो पनि हुँदो रहेछ । नदेखेको दिन म खिन्न भएर उदास भएको हुँदो रहेछु । कसैलाई देखेर मन हल्का हुनु यो कस्तो आभाष थियो ? तर, जब उनलाई देख्थेँ, म उनलाई हेरेर मुस्कुेाउन खोजे खोजे झैँ र यी आँखा यति लोभी बनेर नियाल्थे । समय त्यस क्षण रोकियोस् । त्यसै क्षण रोकियोस् । मुटुमा पुन: यस्तो कम्पन जाग्थ्यो । म बोल्न सक्दिनथेँ । म त्यस क्षण सम्झिन्थेँ । यी क्षण म पछि पछि, र धेरै पछि पनि मेरो मस्तिष्क बाकस मा कैद गरेर राख्नेछु । किनभने, मैले जानेको प्रेमका विषयमा जानेको एउटा मुस्कान थियो, कसैलाई नियालेर हेरिरहन सक्नु र घन्टौँ कसैको बारे सम्झेर समय कटाउनु । यी प्रेम थिए । मैले यसैलाई अर्थ्याएँ । र, हामी हेराहेर छुटिन्थ्यौँ । त्यहाँ कुनै बोली थिएनन्

RECENTS

Recent Posts Widget