युगकवुको विशाल मानव शालिक पहाडी जिल्लामै पर्दो रहेछ ओखलढुङ्गा! सिद्धिचरण हुर्किएको स्थल र उनको कविता "मेरो प्यारो ओखलढुङ्गा" पहिले नपढिएको र नजानिएको पनि होइन । अवसरै हो । आउने मौका मिल्यो र आएँ । पुर्व तिरको मेरो बसाइँ नौलो हो । अझ भन्दा घुमाईको हिसाबले त्यति धेरै जिल्ला नपुगेको र नघुमेको हुनाले ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा आइपुग्नु र त्यसमा पनि केही महिना यतै रहन पाउने गरि आउने मौका "अवसरै हो" भनेर अर्थाएको छु । पहाडी जिल्लामै जन्मि हुर्केका, वा लामो समय त्यतै घुमी बसेकाहरूका लागि ओखलढुङ्गा भुगोलको हिसाबले नयाँ नलाग्न सक्छ । घर गोरखा भई काठमाडौं हुर्किए पनि पहाडको अनुभव र गाउँठाउँको रहनसहन म बुझ्दछु । त्यसो हुनाले ओखलढुङ्गा अलिअलि मात्र नभई धेरै नै गोरखाकै सक्कल सँग मिल्दा जुल्दा रहेको आभाष पक्का भएको छ । गोरखा बजार पनि पहाडमै टाँसिएको र ओखलढुङ्गा पनि पहाडमै टाँसिएकै जस्तो हुँदा -- यी दुई जिल्ला मलाई उस्तै उस्तै नै लागेको छ । जातीय हिसाबले राई, तामाङ, मगर, नेवार, बाह्रमण आदिको बाहुल्यता रहेको पनि बुझियो । त्यसो हुनाले सांस्कृतिक पक्षबाट धनी भएकोमा दुई
A learner's blog; posts on agronomy, crops, remote sensing, GIS ~everything as a learning/writing practice, also contains personal opinions/comments, Nepali writings ~blog has no objective of harming anyone—comments/suggestions are cordially welcomed ^ ^