ए जिन्दगी... गाएर गीत, नाच्दै हेरिदेऊ जिन्दगी म प्रत्येक दिन मुस्कानहरूमा खोजिएर आउँछु , भरिएर खुसीहरुमा सजिएर छाउँछु। गुनासा लाई लेखेटर , छरिदेऊ जिन्दगी आनन्दका रश्मिहरू , सन्तुष्टि अँगालिएर जगाइदेऊ जिन्दगी , म रमेर प्रफुल्लित हुन्छु। म बनेर कवि बन्छु। खुल्ला... आकाश छ, चङ्गा बनिदिऊ जिन्दगी , अनन्तका भावहरू लिएर छाइदेऊ जिन्दगी, म रङ लिएर जिन्दगी चित्र कोर्छु। म यसै समय मनको बन्धन बाट मुक्त... छुटिन्छु र जिऊँछु जिन्दगी... म जिएकै भुल्दो रहेछु, र अप्रष्ट जिन्दगी... म उद्देश्य नखोज्दो रहेछु, र गन्तव्यहिन जिन्दगी... म सुख अर्थ्याउँछु, र नमिठो जिन्दगी... म भोलीलाई बाँच्तछु... हिजोमै हराउँछु... र भेटिँन मिठास जिन्दगी !! अब त भिन्न सोच्न सिकिदेऊ, सोचिदेऊ, जिन्दगी ऊ खोज्दछ, तिमी पनि खोजिदेऊ, जिन्दगी रमेर आउँछ।
A learner's blog; posts on agronomy, crops, remote sensing, GIS ~everything as a learning/writing practice, also contains personal opinions/comments, Nepali writings ~blog has no objective of harming anyone—comments/suggestions are cordially welcomed ^ ^