खै! कसो गर्ने हो? न अब आसाहरु रहे, न रहे सपनाहरु... उद्घोष मात्र उद्घोष, र बाचा मात्र बाचा... अब नआए कत्ति पनि सुनाउन!! मेरा पाइलाहरु, यिनै गल्ली र चोकमा, र शहरका अधेँरा कुनामा, पाङ्ग्रा झैँ घुम्दछ। खै! कसो गर्ने हो? न कहीँ पुग्दछु, न कहीँ उठ्दछु, जाग्दछु र पनि अचेत... बन्द ओठका शब्दहरु बोल्दिँन। रातहरु सुत्छन्... म सुत्दिँन। दिन उजेलिन्छ... म हुँदिँन। अब आउँदिन म! चोकचोकमा हल्लाहरु लिएर, क्रान्ति लिएर! क्रोध लिएर, इतिहास बनेर! खै! कसो गरेर बोलाउँछौँ? तिम्रो हिसाब मिलाउन! म सक्दिँन भो! तिम्रा उद्घोष मात्र उद्घोष, र बाचा मात्र बाचा सुनिदिन!
A learner's blog; posts on agronomy, crops, remote sensing, GIS ~everything as a learning/writing practice, also contains personal opinions/comments, Nepali writings ~blog has no objective of harming anyone—comments/suggestions are cordially welcomed ^ ^