(नोट: लेख्ने अभ्यास मात्र हो, पड्न मन लाए पढिदिनु ।) सुकरातले नै भनेको रहेछ, " The only true wisdom is in knowing you know nothing." । कुरो ठ्याक्कै बुझ्दा चाँहि हावादारी पनि हो । यत्रो स्कुल-कलेज-व्याचलर-युनिभर्सिटी रहरले वा करले धाइसकियो । किताब थुप्रो पढिसकियो, विज्ञानमा ठुलो रुचि छ, देशविदेशमा के भइराख्छ, चाँसो राख्छु, अध्ययन तिव्र छ... नजाने अहिलेसम्म कति विषयमा घोत्लिएको छु, अध्ययन जारी छ... केइ जानिएकै छैन भन्नु? तर ज्ञान पूर्ण हुदैँन भन्ने पनि हो अनि अध्ययन गतिलो छैन । यसो सोच्छु, हालसम्म के नै जानिएको हो र? हाल अध्ययन गरिएको विषय सोच्छु, आफैँलाई प्रश्न सोध्छु... जानिएकै जस्तो लाग्दैन । आफ्ना रुचिहरू र मुल विषयहरू भन्दा अन्य रहरका विषयहरू सोच्छु, त्यसमा त प्रखर बनिने कुरै भएन । आफैँलाई केही सोच्न-सोध्न सक्ने, आफ्नो महत्व र आफू हुनुको कुरो बुझिए झैँ लाग्छ अलिकति । आफ्नै ज्ञानमा पूर्णता छैन भन्ने महशुस हुन्छ । अरु के जान्दा होलान् आफ्नो बारेमा... मैले भनेँ मैले धेरै कुरा जानेको छैन र विस्तार जान्दै बुझ्दै जाने, भन्ने कुरामा नै विश्वस्त भइसकेको छु । सोध्नुस्
A learner's blog; posts on agronomy, crops, remote sensing, GIS ~everything as a learning/writing practice, also contains personal opinions/comments, Nepali writings ~blog has no objective of harming anyone—comments/suggestions are cordially welcomed ^ ^