ए कचोटि बडा सोच्न मन लाग्यो? म को? करोडौं संख्यामा एउटो सानू मान्छे म, आफ्नै महत्व जान्नै मन लाग्यो। किन यही पृथ्वीमै चेत भरिएरै जन्मिएको? चेतना छदैँ छ, अनि सोचेँ "म" महत्वको महिमागान गाउनु आवश्यक किन त? होइन, अार्को मनले मजाले बोल्यो । आफ्नै महत्व नजान्ने तँ नामर्दै होस्? विद्याको ज्योति यो मगजभित्र कति हुलिसकेँ कति, यो धर्तीको प्रकाश, अन्धकार, ध्वनी सब पछ्याउने भइसकेँ, अब जाबो म को हुँ भनेर उत्तरै जान्न नसक्ने म को त? को हो त म? को? एकफेर मोबाइल बिसाएँ, कापी समाएँ, आफ्नै बारे भ्याए जति लेख्न मन लायो : कनिकनि लेख्न खोजेँ आफ्नै बारे, म यस्तो, म त्यस्तो, मलाई यी मन पर्छ, यी मन पर्दैन, यी ठीक लाग्छन्, ती त पटक्कै मन पर्दैन, मलाई एकताका यो राम्रो लाग्थ्यो, पछि नराम्रो लाग्न थाल्यो, मलाई महत्व बोक्ने घटना सम्झिए, मलाई महत्व नलाग्ने घटना, त्यो पनि सम्झिए ... त्यति विधि ग्रीक दार्शनिकको सम्झना नभए पनि, दिमाग घुमाएँ, के था थ्यो र! केही उक्ति सम्झिएँ । बरु केही-कतै-कुनैबेला साथी भनेर काँधमा काँध मिलाएर हिँड्नेहरूले मेरो बारे तारिफ गरेको, एउटाले यसो भनेको, अर्काले यसो भनेको थियो भन
A learner's blog; posts on agronomy, crops, remote sensing, GIS ~everything as a learning/writing practice, also contains personal opinions/comments, Nepali writings ~blog has no objective of harming anyone—comments/suggestions are cordially welcomed ^ ^