ले ख्म्ला, लेख्म्ला भन्दा भन्दै हप्ता-हप्ता बितेर महिनौँ बन्न लाग्यो । समयको महत्वगान गाऊँ कि आफैँ अल्छि हुनुको मजाक उडाऊँ, खै! हप्तामा कम्तिमा पनि एक पटक अक्षरले पाना भर्ने गरि ब्लग रङ्गाउँला भनेको, अलिक सकिएन । शब्दहरू भरि भरिकन आउँछन् अनि जाबा यस्ता पृष्ठहरूमा त ग्रन्थै लेख्न सकूँला झैँ लाग्छ । लाग्यो मात्र, तर ... लेख्दै लेखिएन । अचम्मै मानौँ, कल्पिएरै बस्ने त्यो तपाईं जत्तिकै अजीवको प्राणी म पनि हुँ । सोच्छु, धेरै जस्तो ... यो लेख्म्ला, त्यो लेखिदिम्ला, यस्तो भएको भए? त्यस्तो भइदिएको भए? कल्पनामै संसार रच्ने हामी विष्णु-ब्रह्मा भन्दा कम छैनौँ, सत्ते । हामी सेकेन्ड-सेकेन्डमा, मिनेट-मिनेटमा के के सोच्छौँ, रच्छौँ । ती पूर्ण हुनु आवश्यक छैनन्, महत्वका हुन् या होइनन्, जरुरी छैन । ती कल्पनामै सिमित होउन्, ठीक छ । सोच्छु, यो पनि ... कि हामी कुनै बुद्ध होइनौँ, कुनै जीजस होइनौँ, कुनै महामानव होइनौँ तर त्यसैमा ठीक छौँ । हामी केही कुराको पूर्णरूप चाहन्छौँ तर त्यसका लागि मरि मेट्दैनौँ तर त्यसैमा ठीक छौँ । अँ, बरु लेख्म्ला भन्दा भन्दै हप्तौं हप्ता चाँहि ब्युताँइदिएँ । झलमल्ल घाम लागे जस्त
A learner's blog; posts on agronomy, crops, remote sensing, GIS ~everything as a learning/writing practice, also contains personal opinions/comments, Nepali writings ~blog has no objective of harming anyone—comments/suggestions are cordially welcomed ^ ^