के कुरामा नभुलीकनै बस्नु? बाटामा हेरी, तेर्सिएका धारिला नजरहरू हिडेँको देख्छु । ट्वाल्ल हेर्छु । क्षणभरमै प्रेम, हा हा... अचम्म! प्रेम नभए के? के त? के...? हो, प्रेम नै । गल्ती मेरै चाँइ होइन है । फेरी प्रेम भन्छु, भुलिहाल्छु । फेसबुकमा फोटो अपलोड गरि एउटीले, नराम्री मानूँ त? आ... त्यति विधि नराम्री पनि छैनन् । हैट, कति राम्री । लौ! अनि फेरी प्रेम... टिभिमा देखिने अनुहारमा, बाटामा हिड्ने आफ्नै उमेरकाहरुलाई हेरेर दङ्ग पर्नु पनि भुल्नु होला र? यो त सरासर प्रेम हो । एकदम् प्रेम । हामी केटाहरूको काम नै यही हो । हामी आखाँ डुलाइरहन्छौ, भुलिरहन्छौ, भुलिरहन्छौ... अब, के भन्नुहुन्छ? मैले राम्री ठानेँ, राम्री पनि लाग्यो, राम्री नै सोचेँ । फरक यहीँ छ, जिस्काउनेहरू जिस्काउँछन् ... नानाथरी भन्दा हुन् । तर, मलाई चाँइ झन् सम्मान गर्न मन लाग्छ । कसैलाई केही भनिन्न । "राम्री रहिछिन्" भनेर मन सम्ममा पनि गुन्जाउनु म भित्रैकै विषय हो। बरु, पछि मात्र तिनी वा उनी राम्री रहिछिन् भन्ने उद्घोष हुन्छ, मनैभित्र । मैले भने जस्तो ठाउँका ठाउँका "प्रेम भयो" भन्नुको अर्थ फेरी अर्कै हो यहाँ । मै
A learner's blog; posts on agronomy, crops, remote sensing, GIS ~everything as a learning/writing practice, also contains personal opinions/comments, Nepali writings ~blog has no objective of harming anyone—comments/suggestions are cordially welcomed ^ ^