Skip to main content

Posts

Showing posts from July, 2017

...

अझै अझै पनि किन, म सक्दिन किन बोल्नलाई, अझै अझै किन किन, बोलाउन सकिन उनलाई, चुम्न धरती आकाश, वर्षा सधैँ गराउँछ, म ठिटो अझैँ उनी सितै, बोल्नै पनि डराउँछ । प्रित लगाउन भनि, लज्जावति लजाईदिई, म जानिन अझै तर किन लजाई हाँस्नलाई, रोधी बस्न भनि, जुनकीरी उज्यालो बाँड्न आई, म कसरी बात मारुँ, सक्दिन किन बोल्नलाई, सकिन, अझै किन बोल्नलाई, किन मुस्कुराउनलाई, मै सोझो, सोझो सारै, म सकिन बोल्नलाई बोलाउन सकिन उनलाई ।

वयस्क पछि

 Imagemosaics (CC BY SA-3.0)             दा री झुस्स गालामा आउँदैँ-नआउँदै शरीर बूढो हुँदै गएको थाहा हुन्छ, वयस्क हुनुलाई फेरी दारी सित नदाँजियोस् नि! शरीरका संरचनाको व्याख्या गर्नु यो लेखको लक्ष्य भने होइन । वयस्क हँदा सन्सार हेर्ने आँखाहरू पुराना बन्छन्, मस्तिष्क ठुलो सोच्छ, सन्सार रच्छ, ओठ माथि जुङ्गाको रेखीले वयस्क बोल्यो-बोलेन, के सरोकार? मस्तिष्कले बोलोस् । स्वर कस्तो भो? के मतलब? के बोलियो भन्ने पो महत्व । एकदम फरक भएर मुटु सोचोस्, मन सोचोस्, मस्तिष्क सपना देखोस्, पूरा गर्ने अठोट बटुलोस् । केटा पुरुष बन्नु, केटी महिला बन्नु मात्र पनि वयस्क भएन । शरीरको आवरणमा, हुर्किएको भनि वयस्क के खोज्नू? बरु जानियोस्, यसरी कि ऊ कसरी सोच्छ, कसरी बात मार्छ, उसको तरिकामा सरलपन आओस्, केही भिन्न होस् । वयस्क हुनु कुनै परिस्थितिको सामाना गर्न व्यक्ति कसरी सामर्थ्य राख्छ भन्नु हो । रोई, कराई कुनै अवस्थामा पिरोलिएर पनि केही फाइदा नाँइ । दर्दलाई कसरी आत्मसाथ गर्न सक्ने विशेषताले वयस्कपन झल्काउँछ । अब, पीडा पर्यो भनेर मात्र के? पीडा आफैँ सँग राखेर झार निमोठे झैँ निमोठ्ने कलाको विकास होस्, अनि पो ठुलो

RECENTS

Recent Posts Widget