Skip to main content

Posts

Showing posts from August, 2017

देशका कविता

कविता! यी देशका कविता! कति फिक्का, कति सजाई सजाई, दुलही झैँ सजाएरै लेखिएका यी देशका कविता, प्रतियोगिता जित्ने! यी फिक्का, टिलिक्क टलकाइएका मात्र, हरफ हरफ छन्द छन्द बनाइएरै लेखिएका यी देशका कविता! . सहानुभूतिको मलम लगाऊ, पुराना मसी सकिएको कलमले ओतपोत छोपछाप गाऊ गीत शानको, यी देशका कविता खोक्रो राष्ट्रवाद पोख्छ, देशका चिन्तामा तुरुक्क स्याल रुवाइ गर्छ, यी फिक्का हुन्छन्, हो! यी देशका कविता... ले मात्र पनि कसरी हो? मन टाल्छ, अनि प्रतियोगिता जित्छ, युट्युबे कवि संस्कृति जोड्छ, कविता! ती तेई कविता! यी देशका कविता! देशका कल्पनामा प्रयोग भएको सुनाउँछ, दुनियाँलाई सपना देखाउँछ, तर, यी पालिस झैँ झरिएर जानू छ! यी देशका कविता ओइलिएर झर्नु छ! . कविता! यी देशका कविता, कति मीठो झुट, कति गुलिया गुलियो, शब्दले सजाएरै बनाइएका यी देशका कविता -पोख्नु सम्भावना डाक्छ! -कल्पनाको रङ लगाउँछ! -इतिहासमा रमिरहन्छ, -वास्तविकता बोल्दैन, -वस्तु जान्दैन -सपना देखाउँछ, भुुलाउँछ, -आज भुलाउँछ तर, कविता, यी देशका कविता, यो सानो नेपाल खाल्डो भन्दा कइँ कतै नपुग्ने

परिचय

 सोच्नुस्, तपाईं - तपाईं नै भएको कसलाई था हुन्छ? तपाईं असल, तपाईं खराब, तपाईं जान्ने, तपाईं बाठो भन्ने अरुलाई कसरी थाहा दिने ? नजिककाले त बताई भ्याउलान्, नभ्याउलान्, कसैले कइलेइ तपाईलाई नदेखेको मान्छेले तपाईलाई जान्ला कसरी? कसरी बुझ्ला? कसरी मान्ला?  तपाइँको फेसबुक हेर्ला, तपाईको फेसबुक पोष्ट हेर्ला, तपाईको तस्वीर हेर्ला, यसरी नै होला र व्यक्ति चिन्ने र जान्ने भनेको? हो र?  यसरी पनि बोल्न सकियो, दुनियाँ साराले तपाईं असल-खराब-राम्रो-ह्याम्सम, खतरा-खट्टारा भनेर किन भनिदिनपर्यो त? किन बोलिदिनपर्यो ? तपाईं, मन भित्र राक्षस हुनुहुन्छ, अरुले जान्छन् र? तपाईं मन भित्र साधु नै बस्नुहुन्छ? अरुले राक्षस ठानेँ भनेँ? राक्षसलाई साधु ठानेँ भने नि? है? प्रश्न त यही हो, अरुले तपाईलाई सुरुमा नजान्दै-नचिन्दै कसरी अर्थ्याउँछन् र कसरी चिन्ने-बुझ्ने प्रयास गर्छन्? अर्को सिधा कुरा, सबैले आफैँलाई असल ठान्नु स्वभावकै कुरा... तर अरुले आफूले कसरी बुझेका छन् --- भन्ने सोच्नु-नसोच्नु भिन्नै कुरा । अरुले आफैँलाई कसरी बुझेका छन् भन्ने कुरा पनि तौल्नुपर्छ, पर्छ । जल्ले जे भनून्, यो सोच्नै पर्ने विषय हो ।  फेर

RECENTS

Recent Posts Widget