Skip to main content

Posts

Showing posts from December, 2017

हल्ला

मेरा हल्लामा अभिनय हुन्छन् । मेरा हल्लामा अलिकति गफका गन्ध हुन्छन् । अनि, गीतका धुनहरू, अनि, गीतका शब्दहरू म, भनिदिन्छु! सुरिला स्वर... सुरिला स्वर, मेरा हल्लामा सुरिला स्वर हुन्छन् । सुरिला स्वर मन परे हल्ला नलाग्न पनि सक्छन् । मेरा हल्ला सुरिला स्वर नलाग्न पनि सक्छन् । मेरा हल्लामा रक्सिका छुवाइ हुन्नन् । मेरा हल्लामा वैंशको सुवास हुन सक्लान् । मेरा हल्लामा तर! सुनिदिउन् भन्ने चाहना हुन्नन् । मेरा हल्लामा, अलिकति! चिन्ता पोखिएका होलान् । तर! अरुलाई कुनै पनि असर परोस् भन्ने चाह छैनन् । हुन, त कसैलाई असर पर्ला भनेर हल्ला गरिन्नन् । आवाज! जुनै पनि हल्ला हुन सक्छन् । जुनै पनि स्वर! बोली! हल्ला! हुन सक्छन् । तर, मेरो हल्लालाई म गायकको गित ल्याउँछु । मेरो हल्लालाई म हृदयको मीठो ध्बनी बोल्छु । मेरो हल्लालाई तिम्ले मन पराइदिए हल्ला बोल्नेछैनौ! तर! पनि ती मिठा हल्ला हुन्! यी! मीठा हल्लाहरूमा तिम्रालागि अलिकति! कविताहरू चिच्याइचिच्याइ छतको वाचनमा मेरो कसैलाई हुन सक्छ । यी! हल्लामा मनले कतै! तिम्लाई सम्झ्यो! यी हल्लाले कतै! अतितलाई! भविष्यलाई सँगै डाक्यो! तर! मेर

(शीर्षक छैन)

मलाई धेरै पर सम्म पुग्नु नै थ्यो!  मलाई सारा दुनियाँले हेरेर रमाको हेर्नू थ्यो, र, मलाई कइलेइ नदेखेकाहरुले देखून्, कइलेइ नसोचेकाहरुले सोचून्! र, मेरो महत्व मलाई होस् --- भन्ने झैँ थ्यो! म मा, कृष्णको झैँ चमकदार कला थ्यो, मेरा नयनमा हेरेर जोकोही मख्खिने जादु थ्यो, र, सडक छेउ सुसेल्दा झुम्नेहरू थिए, र, मेरो केइ समयको रुप बैँस! आहा! मेरो मोहनी! म, मयुर झैँ नाच्थेँ! मानौँ म किरण झैँ उज्यालो हुँ, र, म एफ्रोडाइट भन्दा पनि सुन्दर, कुनै मिथको अप्सरा भन्दा पनि रुपवान्, डाहा, गरे झैँ पुतलीहरू मान्थे, र, मलाई नाचेको हेर्न सप झुम्थे! र, म एत्तिकै! बाँच्थेँ, भोली थिएन, थिएन, भोली! मानेँ! आज छ, म छु! मेरो रुप छ... तर, एक्कासी समय गल्यो, तारा 'म' चम्किन छाडेँ, बलिन तेस् दिन पछि, जादु हराउँदै गयो, उज्यालो गुमेर गयो! मलाई हेर्नेहरू अर्कै फूल्नेहरूलाई हेर्थे, म, मा गर्भ बसेन! अर्को दिन हुरी चल्यो! म, भुँइमा झरेँ, पछारिएँ! कुल्चिइएँ! म, सुन्दर पुष्प रहिँन, बिलाएँ!!

प्रेमका टुक्रा

तिमी! बनेर गीत बन, धुन बन, तिमी, मेरालागि सारङ्गीको र्याँइ र्याँइमा आउनु, मेरा लागि गिटारको झ्याङझ्याङमा छाउनु, तिमी, मिलेर गीत बन, छन्द बन, तिमी, मीठो मुस्कानको एक सन्देश लिएरै आयौ भने, मेरो दृश्यमा मनलाई बतास भयौ भने, तिमी! मेरा लागि बन! मेरै लागि! मे र इ ला गी... तिम्लाई देखेछु भने, म पारी बाट तिम्लाई हेरि रहेको तिम्लाई पत्तो नभएकै ठिक, तिम्लाई बोलेछु भने, म चियाइ हेरिरहर, तिम्लाई सम्झी कविता रचेको था नभएकै ठीक, तिम्ले था पाएछौ भने, मैले लेखेका कविता अत्ति! अरुका जस्तै लाग्छ भनेर हो! मैले देखाएका प्यारका बात! अरुका जस्तै हुनसक्लआ भनेर हो! तिम्लाई भटेर पनि! मैले तिम्लाई प्रेमको प्रस्ताव नभन्नु नै ठीक, मैले तिम्लाई मनपराको कुरा नसुनाएकै ठीक!! तर, तिमी! छौ! र हौ! बनेर गीत बन, बनेर धुन बन, तिमी, मेरालागि सपनीमा आउन चाह्यौ भने, वा, मलाई तिम्रै सपनीमा बोलायौ भने, मेरा लागि गजलको हरफमा डाक्नु, तिमी, मिलेर स्वर बन, गायन बन, तिमी, मीठो यादको एक सन्देश लिएरै आयौ भने, मेरो टोलाउने कारण थप्न आयौ भने, तिमी! मेरा लागि बन! मेरै लागि! म

सोच्नुस्

सोच्नुपर्छ । हामी सोच्छौँ । सोचिरहनुपर्छ । हामीले जानेका कुरा सोच्नुपर्छ । हामीले नजानेका कुरा सोच्नुपर्छ । जीवन छोटो छ र जानिएका र नजानिएका विषय धेरै छन् । र, त्यो सोच्नुपर्छ । पोख्त र निपुण भन्ने विषय केही छैन । सिकाइमा कमजोरी । अल्छिले डेरा जमाउँछ । निद्रा लाग्छ । खाना खान पर्यो । अल्छि लागिहाल्छ । रोग लाग्छ । जीवन छोटो छ । सिक्नुपर्ने के हो? ज्ञान भनेर अर्थ्याइएका ज्ञान नै हुन् । अथवा के होइनन् । चुप्प बस्नेहरु भिक्षु हुन् । मनमा केइ छैन । वा, छैन भन्छन् । वैज्ञानिक पनि हुन्छन् । खोज गर्छन् । बाटामा हिड्नेहरु, वा डिग्री पास नभाकाहरु, वा धर्मात्माहरु, वा दर्शन बोल्नेहरु, वा वेद जान्नेहरु सबै सिकाइ बोल्छन् । सुत्र सबैको आफ्ना आफ्नै र भोगाइसँगै बुझाई फरक फरक! सिकाइ के हो? जान्नु के हो? सोच्नुपर्छ । हामी आनन्द खोज्छौँ । शीतल खोज्छौँ । न ताप होस्! न चिसो! शरिरलाई आनन्द! आनन्द यो माने कि ठीक सँगको आनन्द! न हाम्रो शरिरलाई आराम, न हाम्रो मनलाई आराम! भौतारिन्छ । समत गएको गएकै, गएको गएकै! मन आत्तिएकै! आत्तिएकै । फेरी हामी ज्ञान भन्छौँ! सोच्छौँ! आनन्द कहाँ छ । हामी बुद्

RECENTS

Recent Posts Widget