Skip to main content

Posts

Showing posts from May, 2018

कल्पना! कल्पना! कल्पना

म सोच्छु, पागल झैँ सोच्छु । मनमनमा नाना कुरा खेल्छन् । हावाहुरी चले झैँ, कस्तरी सोचिरहन्छु कल्पनाहरू, कहिलेइ नघट्ने घटनाको चित्रित दृश्य, कल्पिएका संवाद, र दिमागमा अनेकौँ सोचहरुको युद्ध चलिरहेको । डाहामा मरेर कहिले, कसैको प्रगति!!! आफुले पनि जित्न पाएको हुँदो हुँ भन्ने मनको कल्पना, भ्रम! यहाँ आफैँ सँग अनेक टुक्रा टुक्री अइनाहरू छन् । प्रत्येक बाट आफैँलाई हेर्दामै ठिक्क! फूल बनेर आफु सुवासित बनेको अवास्तविक कल्पना, हावामा हलुका बनेर उडिरहेछु । फेरी, कल्पनाहरू कस्ता? कतै कसैको प्रेमी बन्न पाएँ भन्ने हुँदा रमाएको छु, संवादमा अनेक रमाइला डाइलगहरू स्क्रिप्टेड! कतै कुनै कार्यक्रममा म गाइरहेछु, स्याबासी थापीरहेछु । म एक्लै बोल्छु । क्या! मिठा घटना हुन् । कति मिठा घटना छन् । अन्धकारमा, वा मधुर प्रकाशमा म एउटा कलाकार बन्छु र संवाद बोल्छु । म मा अभिनय देखिन्छन् । र, हेर्नेहरू यस एतिहासिक र साहसिक अभिनयमा मलाई हेर्न पाउने अवसरमा छैनन् । म बन्द कोठामा तपस्विको ताज लाएर एक्लै कल्पनाको घिउमा चिउरा चपाइरहेछु । मुखबाट पानी आइरहेछ । आइरहेछ, मगजमा दृश्यहरू । चलचित्र बनिरहेछ । म एक्कासि निर्माता

RECENTS

Recent Posts Widget