Skip to main content

Posts

Showing posts from March, 2019

शब्दहरूमा केही...

कहिले कहिले, यसरी सोचेर मात्र पनि नहुने वा नसोचूँ, केइ पनि नसोचूँ, त्यसो पनि नहुने । बडा खल्लो माने खल्लो भइजाने, र रोमाञ्चक माने अनेकौँ कथाहरू आफैँ भइआउला झैँ गर्ने । यहाँ सुत्र छैन । यहाँ मगज छ । सोचको अनेकौँ नदीहरू बगाउँछ । म त्यहाँ डुङ्गामा तैरिन्छु, पौडन्छु र डुब्छु । आजकल कसो कसो नमज्जा छ । यी नमज्जामा अन्धकार आउँछ । म छामछुम गर्दै हिडिँरहन्छु । खै! कहाँ छ रोशनी? दिमाग आजकल बडो नमिठो सोच्छ । घाम र चन्द्र पछ्याइरहेका दिन र रातहरू पनि यसै बित्दै छन् । म बाहिर हेर्छु । सडकमा चर्का चर्की आवाज मात्र छन् । मानिसहरू छन् । आवाजहरू छन् । बाटाहरू मृत छन् । कता पो जाऊँ? कता पो हेरूँ? फिक्का निला आकाशमा म केही देख्दिँन । बादल लाग्दछ । आकाशको रङ उडेको पाउँछु । बादल नलागोस् । आकाशको महत्त्व हराउँछ । बाटाबाट आवाजहरू नसूनँ । कति दिक्दार लाग्छ । बाटाका आवाजहरू कानमा ठोक्किउन् । पुन: वाक्क लाग्छ । हावा छन् वा हावा छ । म सास फेर्छु । सास फेरिएको छ । भित्ता हेर्छु । झ्यालका पर्दाहरू वस्त्र हुन् मेरा । म प्युपा माने प्युपा! म अझै अन्डा माने अन्डा! म मृत बाकसमा मृत लास? होइन, उठेर म पर्दा खोल्छु को

RECENTS

Recent Posts Widget