Skip to main content

Posts

Showing posts from March, 2020

Seed Certification System in Nepal

Seed certification is the legal process to maintain the high quality seed and make its availability for the distribution. The process was started first in wheat in  Nepal. Seed Act (1988) has been enacted for the system.

Covid 19 विरुद्ध हाम्रो प्रयास

हामी सबैको प्रयास यसैमा: Everyone as a warrior in Humans Vs Corona (Battle Ground: Earth ~ episode 2020) * राम्रोसँग हात धुने (२ चोटी Happy Birthday गाउदैँ २० सेकन्ड सम्म रे) * नमस्कार गर्ने र भिडभाडमा नजाने, जानैपरे मास्क लगाउने; * हातले अनावश्यक अनुहारमा नछुने, * गलत हल्ला नफैलाउने, र अनावश्यक चर्चा परिचर्चालाई महत्त्व नदिने; यसमा हामी डिजिटल साक्षर (Digital literate) हुनु आवश्यक छ जसमा आधिकारिक स्रोत बाट आएका सुचना र जानकारीहरू लाई मात्र पछ्याउने । आफ्नो सामाजिक सन्जालमा पनि सही समाचार र जानकारी मात्र सम्प्रेषण र सेयर गरि असल व्यक्तिको परिचय दिने । * शरीरलाई स्वस्थ्य राख्ने प्रयास गर्ने । "अरुलाई रोग लागे मलाई पनि लाग्न सक्छ" र "मलाई रोग लागे अरुलाई त नलागोस्" भन्ने मानवीय भावना लाई आत्मसाथ गर्ने ।

कोरोना VIBES

देख्छु बाटा भरीका मान्छेहरु , र डराउँछु। हरेक विदेशीहरुसँग, र अपरिचितहरुसँग , र अनुहारहरुसँग डराउँछु। किराना पसल , जुत्ता पसल , र मासु पसलको भिड देखि , हरेक भिडहरु देखी डराउँछु। आत्तिन्छु र भाग्छु , र , मेरै चेतनाले म त्रसित छु। मेरै बुझाइले म चिन्तित छु। अनि त , कसैको हाच्छिऊँ देखि डराउँछु। कसैको खोकी देखि त्रसित छु। र , डराउँछु , आफ्नै हाच्छिऊँ देखि पनि आत्तिन्छु , आफ्नै खोकी देखि पनि तर्सन्छु। र , आफ्नै प्रिय हातहरूको स्पर्शहरु देखि डराउँछु। यी हातहरु चाहर्छन् नाक, सुम्सुम्याउँछन् आँखाहरु , र डराउँछु। साझा बसका मानिसहरुबाट , माइक्रो बस र टेम्पोको हुलहरुबाट , भाग्दै छु। zombie नै बनुँला भन्ने डरले हो , म तेसै तेसै आत्तिन्छु। डराइरहेछु र डराउँछु। कोरोनाले लुटेको इहलिलामा , इटली र इरान मा झैँ , युरोपमा झैँ , आफ्नो देशको पनि जिवनहरू , नगाँसियोस् भनेर , म शहर देखि डराउँछु। म मृत्यु देखि डराउँछु। म कोरोना देखि डराउँछु।

AMIS in Nepal

Nepal : Selected for Pilot Program for Climate Resilience (PPCR) in 2009, 5 projects under PPCR: Building Resilience to Climate-Related Hazards (BRCH) project is one of them,

म तिम्रा लागि केवल एक लायक हुँ

म तिम्रा लागि केवल एक लायक हुँ। म डिजिटल युगको, आधुनिक औँठा छाप, तिमीले लगाएको त्यो सारी, अनि तिम्रो मोहनीमा मोहित! सधैँ, अनलाइनका भित्ताहरु चाहर्छु, फेसबुक, इन्स्टा, नियाल्छ, हेर्छु, तस्बिर तिम्रो  कति उजेलो, उजेलो बनेर आउँछ, र,  मेरा बुढी औँला, एकलब्यको निपुणतासँगैँ पुर्ण बनेर आउँछु, र, म  तिम्रा लागि अंकमा एक हुँ।  तिम्रा लागि केवल एक लायक हुँ। म मेरो मगजको छायाङ्कन स्टुडियोमा, तिमीलाई नायिका चुन्छु। तिम्रा तस्बिरले बटुलेका  कमेन्ट्सहरुको अनि लाएकहरुका, डाटा जाँच्दैँ बन्छु, र, तिम्रो सुन्दर तस्बिर, अति नै सुन्दर, पोखिदाँ म  तिमीलाई प्रेम, बढी तिम्रो  तस्बिरलाई प्रेम गर्छु, र,  म पनि चढाउँछु, एक सिङ्गल लायक, र,  मेरो लायक को मुल्य, मात्र एक हो। र,  तिम्रो र मेरो सम्बन्ध यसैमा उत्तरित बन्छ, अनुत्तरित हुन्छ, हराइरहन्छु सधैँ, बनेर,  मेरो हुनु, म हुनु  तिम्रा लागि  एक लायक मात्र हो। तिमीलाई नियाल्ने मात्र एक लायक हुँ।

RECENTS

Recent Posts Widget