Skip to main content

Posts

Showing posts from February, 2021

कविता~

खै! कसो गर्ने हो? न अब आसाहरु रहे, न रहे सपनाहरु... उद्घोष मात्र उद्घोष, र बाचा मात्र बाचा... अब नआए कत्ति पनि सुनाउन!! मेरा पाइलाहरु, यिनै गल्ली र चोकमा, र शहरका अधेँर‍ा कुनामा, पाङ्ग्रा झैँ घुम्दछ। खै! कसो गर्ने हो? न कहीँ पुग्दछु, न कहीँ उठ्दछु, जाग्दछु र  पनि अचेत... बन्द ओठका  शब्दहरु बोल्दिँन। रातहरु सुत्छन्... म सुत्दिँन। दिन उजेलिन्छ... म हुँदिँन। अब आउँदिन म! चोकचोकमा हल्लाहरु लिएर, क्रान्ति लिएर! क्रोध लिएर, इतिहास बनेर! खै! कसो गरेर बोलाउँछौँ? तिम्रो हिसाब मिलाउन! म सक्दिँन भो! तिम्रा उद्घोष मात्र उद्घोष, र  बाचा मात्र बाचा सुनिदिन!

चलचित्र समिक्षा "आमा" - Film Review "Aama"

को रोनाको कारणले, पाइरेसीको प्रकोपले, युट्युबको युगमा; हलमा लाग्न नपाउँदैँ, विदेशमा त्यति साह्रो घुम्न नपाउँदैँ शुक्रबार अति नै सुहाउँदो बनाएर "आमा" नामक चलचित्र प्रदर्शन भएको पाइयो। आर्थिक रुपमा चलचित्रले कति आर्जन गर्यो, गरेन, त्यस प्रति मेरो अलिक चाँसो नभई — फिल्म साह्रै राम्रो बनेको भन्नु, नेपाली चलचित्रको थोरै-बहुत प्रशंसा गर्नु र केही समीक्षा गर्ने प्रयन्त यसमा गर्दछु। तर, चलचित्र लाई समिक्षकले पुरै कथा बताइदिने गरी लेखिदिनु हुदैँन भन्ने बुझ्दै आएको हुँदा, सम्पुर्ण प्रकाश पार्ने चाहीँ खोज्दिँन। फेरी यसो भन्दा म समिक्षक स्वयं नभई दर्शक हुँदा, यदी भुलेर वा झुक्केर कथै बताएँ भने बताएँ! कोही यी अनुच्छेदहरु पढ्दै छन् भने, उसले चलचित्र हेरिसकेको हुनुपर्ने म विश्ववास राख्दछु। कथा-वस्तुः नेपाली चलचित्रले नेपालीपन बोल्नुपर्छ भन्ने कुरा प्रष्ट बोलेकोमा चलचित्र आफैँमा निपुण बनेर पोखिएको छ। नेपाली परिवेशमा बाग्लिदैँ गरेको विदेश पलायनले भइरहेको "पुत्र वियोग", "पारिवारिक विछोड" जस्ता सामाजिक समस्याले मुख्यतः -आमा- मा परेको विषय चलचित्रले टिपेको छ। आर्थिक कठिनाइ र

RECENTS

Recent Posts Widget