जति जान्दै जान्छु, त्यति नजानिने बन्छु, जति जान्दिँन, त्यति जान्दै म जान्छु। जति जान्दछु, त्यति बुझ्दै म हुन्छु। जति बुझ्छु, त्यति बुजिदैँ म हुन्छु। जति बोल्दिँन, त्यति अर्थिदैँ जान्छु, जति अर्थिन्छु, झन् चुप म हुन्छु। जति हेर्दछु, त्यति साँगुरिदैँ म जान्छु, जति साँगुरिन्छु, तेती उघारिन खोज्छु। कहीँ हुर्किएँ झैँ लाग्छ, कतै कलिलै झैँ पाउँछु। कहीँ मस्तिष्कले वयस्क बताउँछ, त्यहीँ नजान्दो बनेर उभ्याउँछ। म जाने झैँ गरी नायक बन्छु, तर, अभिनयमा कच्चा निस्कन्छु। कहीँ पुष्प झैँ बनेर सुवास छरुँ, तहीँ अझै म कोपिला हुन्छु।
A learner's blog; posts on agronomy, crops, remote sensing, GIS ~everything as a learning/writing practice, also contains personal opinions/comments, Nepali writings ~blog has no objective of harming anyone—comments/suggestions are cordially welcomed ^ ^